‘क्यासलेस कारोबार’ र डिजिटल नेपालको सपनालाई सार्थक बनाउँदै एससीटी


  • KBL News Ad
  • ADBL
  • City Express
‘क्यासलेस कारोबार’ र डिजिटल नेपालको सपनालाई सार्थक बनाउँदै एससीटी

त्यसो त कोभिडका कारण पछिल्लो समय क्यूआर कोडको प्रयोग बढेको छ । केन्द्रीय बैंक तथा अन्य विभिन्न बैंकवित्तले पनि यसलाई फोकस गर्दै आएका छन् । क्युआर सिष्टमको प्रयोग विशेषगरी क्यासलेस कारोबारलाई सार्थक बनाउनुका साथै सहजीकरणमा उत्तिकै महत्वपूर्ण मानिन्छ । यो प्रसासलाई सघाउन विभिन्न कम्पनीहरु अघि बढेका छन् । अहिले सबै क्युआरलाई एकीकृत गरेर कारोबारमा सहजीकरण गर्नका लागि एससिटी कम्पनीले डिजिटलाइजेशनमा नयाँ युग निर्माणको सुरुवात गरेको छ ।

स्मार्ट चोइस टेक्नोलोजी (एससिटी) लिमिटेड नेपालको एक मात्र स्वदेशी डेबिट तथा प्रिपेड कार्ड सेवा दिने कम्पनी हो । सन् २००३ मा एससिटी कार्ड सुरु गरेको यो संस्थाले हाल अत्याधुनिक कार्डसहित डिजिटल भुक्तानीका अन्य माध्यमहरूमार्फत गुणस्तरीय सेवा दिँदै आएको छ । डिजिटलाइजेसनको क्षेत्रमा १८ वर्षदेखि निरन्तर काम गरिरहेको यो संस्था नवीन खोज–अनुसन्धानमार्फत बैंकिङ सेवालाई सरल, सहज र अत्याधुनिक प्रविधिसम्पन्न बनाउन अग्रसर छ । कम्पनीले क्यूआर पेमेन्टको प्रयोग पहुँच बढाउनका लागि विभिन्न क्यूआर कोड पेमेन्ट प्लेटफर्म सञ्चालकहरूको बीचमा एकीकृत र इन्टर अप्रेभल कारोबार लाई पहिलो प्राथमिकतामा राखेको छ । पछिल्लो समय क्यासलेस कारोबारको उद्देश्यलाई सार्थकता दिनका लागि कम्पनी सक्रिय रहेको छ । डिजिटल नेपालको नारालाई यसले थप सहयोगी बनाएको छ भने सर्बसाधारणमा सहज, सरल र सुलभ भुक्तानी प्रकृयालाई आम नेपालीको पहुँचमा पुर्याउन अहिलेको व्यवस्थापन लागिपरेको छ । त्यसो त कम्पनीमा नेपालका ठुला व्यापारिक घरानाहरुका अलावा वाणिज्य बैंकहरूमा हिमालयन बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, ग्लोबल आईएमई, मेगा बैंक, नविल बैंक, एनएमबि बैंक यो नेटवर्कका सदस्य छन् भने आईएमई–पे, प्रभु–पे, क्यू–पे, प्रभु ग्रुप, आइएमई ग्रुप आबद्ध छन् । क्युआर कोडलाई एकीकृत गर्नका लागि सबैको भुक्तानी एउटै क्युआरमार्फत गरौँ भन्ने प्रयासमा अघि बढेको कम्पनीले पछिल्लो समय आफ्नो नेटवर्कलाई निकै बढाएको छ । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्के भन्छन् – ‘यस अभियानमा सेवाप्रदायकबीचको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ, एकै ठाउँमा लहरै ९–१० वटा क्युआर राख्दा अनावश्यक लागत बढ्छ, आखिर सबैले एउटै काम गर्ने हुन् र जुनको जुनमा चलाए पनि मिल्छ । त्यसैले अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्छ ।’ मास्केका अनुसार एउटै क्यूआर पेमेन्टबाट सबै क्यूआर पेमेन्ट हुने सिष्टमकै लागि एससिटि लागीपरेको छ । ...

Read More
  • EBL Ad news