डोटी । कोरोना महामारीको बेला किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई विभिन्न राहात समाग्री माक्स, सेनिटाइजर, पञ्जा र स्वास्थ्यकर्मी पिपिइ तथा दुर्गममा अक्सिजनको व्यवस्था नभएका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, एन्टिजन लगाएतका सामाग्रीहरु वितरण गर्ने भएको छ ।
कोरोना भाइरसको माहामारीका बेला केन्द्र बैठकहरु सन्चालन नगर्ने तर केन्द्र प्रमुखको सहायताले निषेधाज्ञा र स्वास्थ्य सम्बन्धी नियमको पूर्ण रुपमा पालना गरि केन्द्र प्रमुख लाई बिषेश सुरक्षा साबधानिका साथ E-Sewa, mobile banking, QR codeको प्रयोगबाट Digital payment गर्ने र online Loan processing system को प्रयोगबाट कर्जा प्रबाह गर्ने गरि यसै जेष्ठ १ गते देखि जिम्मेवारी दिएको छ ।



