किसान लघुवित्तको एफपीओले यस्तो पायो रेटिङ ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
किसान लघुवित्तको एफपीओले यस्तो पायो रेटिङ ?

काठमाडौं  : किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस एफपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबी” माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । 

किसानले एफपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । किसानले १२ लाख ९८ हजार २५९.४९ कित्ता एफपीओ बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा धितोपत्र बोर्डले स्वीकृति दिने प्रिमियम मूल्य थप गरी एफपीओ बिक्री गर्न लागिएको हो ।

Read More