नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार फुकुवा गरेको छ । नेप्सेले सोधको स्पष्टिकरणको जवाफ पठाएपछि संस्थाको दोस्रो बजारमा सेयर कारोबार खुल्ला गरेको हो। नेप्सेले लघुवित्तलाई सचेत गराउदै बिहीबारदेखि सेयर कारोबार खुल्ला गरेको छ।
संस्थाले यसअघि धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले संस्थाको कारोबार रोक्का गरी स्पष्टिकरण माग गरेको थियो।



