किसान लघुवित्तको साधारण सभाको प्रस्ताव संशोधन : हटायो हकप्रद जारी गर्ने विशेष प्रस्ताव


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
किसान लघुवित्तको साधारण सभाको प्रस्ताव संशोधन : हटायो हकप्रद जारी गर्ने विशेष प्रस्ताव

चैत ९, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले साधारण सभाको विशेष प्रस्ताव संशोधन गरेको छ । कम्पनीले सोमवार एक सूचना प्रकाशित गरी हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव हटाएको जानकारी दिएको हो ।  

कम्पनीले आइतवार १ बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित चैत २९ गते साधारण सभा बोलाउने सूचना जारी गरेको थियो । तर सोमवार उक्त सूचना अन्यथा हुन गएको भन्दै उक्त प्रस्तावलाई हटाएर संशोधित सूचना प्रकाशित गरेको हो ।

कम्पनीले कम्पनीले आफ्नै भवन लम्कीचुहा, वलिया, कैलालीमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

Read More