सेन्ट्रल फाइनान्सको नगद लाभांश फागुन ३ गतेदेखि वितरण गर्न शुरु


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सेन्ट्रल फाइनान्सको नगद लाभांश फागुन ३ गतेदेखि वितरण गर्न शुरु

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले ३ प्रतिशत नगद लाभांश फागुन ३ गतेदेखि वितरण गर्न शुरु गरेको छ । कम्पनीले माघ २३ गते २४औं वार्षिक साधारण सभाबाट उक्त नगद लाभांश पारित गरेको हो । 

शेयर रजिष्ट्रार एनएमबि क्यापिटलबाट सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा उपलब्ध भएको बैंक खातामै कम्पनीले नगद लाभांश जम्मा गर्न लागेको हो । यसर्थ हालसम्म पनि बैंक खाता अद्यावधिक नगरेका शेयरधनीहरुलाई यथासिघ्र अद्यावधिक गरी आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ । 

लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते बुक क्लोज गरेकाले माघ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । बुक क्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो राखी कर्जा लिएका हरुको भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट धितो राखेको शेयरको संख्या समेत खुल्ने गरी नो अब्जेक्सन लेटर अथवा उल्लेखित मिति पछाडी कर्जा चुक्ता गरेको भए नगद लाभांश फुकुवाको पत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।  

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad