आरएसडिसी लघुवित्तले पारित गर्‍यो १२.६३ प्रतिशत लाभांश


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आरएसडिसी लघुवित्तले पारित गर्‍यो १२.६३ प्रतिशत लाभांश

पुस २४, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेले प्रस्तावित १२ दशमलव ६३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले शुक्रवार सातौं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश पारित गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६७ करोड १५ लाख २२ हजारको आधारमा उक्त लाभांश वितरण गर्नेछ ।

सभाले लाभांश सहित गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व रहने गरी दुई जना सञ्चालकको निर्वाचन समेत गरेको छ । दुई सञ्चालकमा अमर डंगोल महर्जन र शान्ती प्रसाद उप्रेती निर्वाचित भएका हुन् । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad