समिट र सजिलो लघुवित्त मर्ज हुने प्रस्ताव पारित, मर्जरपश्चात एफपीओ निष्काशन गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
समिट र सजिलो लघुवित्त मर्ज हुने प्रस्ताव पारित, मर्जरपश्चात एफपीओ निष्काशन गर्ने

समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन्। असार २१ गते सम्पन्न सजिलो लघुवित्तको दोस्रो वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो।

सभाले १ बराबर १ शेयर स्वाप रेशियामा मर्ज हुने प्रस्ताव पारित गरेको हो। मर्जरपश्चात बन्ने लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ पुग्नेछ भने सिईओमा समिट लघुवित्तका सिईओ देवेन्द्र बहादुर बस्नेत रहनेछन्।

मर्जरपश्चात लघुवित्तले एफपीओ निष्काशन गर्ने निर्णय भएको सजिलो लघुवित्तका अध्यक्ष प्रदित कुमार रेग्मीले जानकारी दिएका छन्। सजिलो लघुवित्तको आईपीओ आउन बाँकी शेयर बराबरको एफपीओ जारी गर्ने निर्णय भएको उनले बताए।

Read More