काठमाडाैं - सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारण सभा फागुन १६ सम्पन्न गरेको छ।
नेपाल प्रशासनिक प्रशिक्षण, जावलाखेलमा सम्पन्न फाइनान्सको सभालाई फाइनान्सका शेयरधनीले कम्पनीको वार्षिक प्रतिवेदन, कम्पनीले प्रस्ताव गरेको लाभाश तथा कम्पनीका गतिविधि माथि सल्लाह र सुझाव राखेको थिए।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा पेश गरिएकाे आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित ,आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय , ७ प्रतिशतका दरले ५ कराेड ७६ लाख ३७ हजार ८५० रूपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि पारित गरिएकाे थियो।








