फागुन १८, काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले फागुन २८ गतेदेखि रू. २५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १२ प्रतिशत ब्याजदरमा २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जसमध्ये रू. १५ करोड बराबरको १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी रू. १ करोड बराबरको १ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।
वि.सं २०८३ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्रमूल्य रू. १००० तोकिएको छ ।








