समीट र सजिलो लघुवित्तबीच बराबरी हैसियतमा मर्जरमा जाने सहमति


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
समीट र सजिलो लघुवित्तबीच बराबरी हैसियतमा मर्जरमा जाने सहमति

काठमाण्डौ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको समीट लघुवित्त वित्तीय संस्था लिमीटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमीटेडबीच मर्जरको सम्झौता भएको छ । 

दश वर्षअघिदेखि पूर्वी नेपालमा संचालनमा रहेको समीट र गोरखामा मुख्य कार्यालय रही हालैबाट संचालनमा आएको सजिलो लघुवित्तबीच १ः१ को सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो । 

यी दुई लघुवित्त मर्जर भई बन्ने नयाँ संस्थाको नाम समीट लघुवित्त वित्तीय संस्था लिमीटेड रहने सहमति भएको समीट लघुवित्तका सीइओ देवेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार नाम, लोगो र दर्ता नम्बर समीट लघुवित्तकै कायम रहनेछ । यस्तै, मर्जरपछि बन्ने संस्थाको संचालक समिति अध्यक्ष समीटको तर्फबाट हुनेछ भने संचालकहरुमा २ जना समीटको तर्फबाट र ३ जना सजिलोको तर्फबाट आउनेछन् । 

प्रमुख कार्यकारी अधिकृतको रुपमा समीटकै सीइओ बस्नेतले एकीकृत संस्थाको व्यवस्थापन सम्हाल्न पाउनेछन् । 

Read More