माघ १२, काठमाडौं । लक्ष्मी लघुवित्तको स्वतन्त्र संचालकमा अभिलाषा पन्त नियुक्त भएकी छन् ।
उनलाई कम्पनीको आइतवारको बैठकले स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । कम्पनीको स्वतन्त्र संचालकको पद गत पुस २५ गतेपछि रिक्त रहेको थियो ।
यस अघिका स्वतन्त्र संचालक भोला राम श्रेष्ठको पदावधि पुस २५ गतेदेखि समाप्त भएसँगै रिक्त रहेको पदमा पूर्ति गरिएको हो ।








