लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। सो अवधिसम्ममा लघुवित्तले ७ करोड ८ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड २३ लाख ८१ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार भएसँगै खुद नाफा पनि बढेको हो।
२७ करोड ७५ लाख चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ७५ लाख ३६ हजार रुपैयाँ सञ्चित छ। लघुवित्तले १ अर्ब ५३ करोड ३३ लाख निक्षेप र २ अर्ब ३९ करोड ८ लाख रुपैयाँ सापटीबाट ४ अर्ब ३२ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यसबापत लघुवित्तले १८ करोड २२ लाख २९ हजार खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड ५६ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ४९ लाख ५ हजार रुपैयाँ बढेर ११ करोड २५ लाख ३६ हजार रुपैयाँ पुगेको छ।








