स्पर्स लघुवित्तको नाफामा छलाङ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
स्पर्स लघुवित्तको नाफामा छलाङ

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड (SPARS) ले दोस्रो त्रैमासमा उल्लेख्य नाफा आर्जन गर्न सफल भएको छ। लघुवित्तले बिहीबार प्रकाशित गरेको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार सो अवधिसम्ममा १ करोड ३७ लाख ३ हजार खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ३० लाख ८२ हजार बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तको खुद नाफा ६ लाख २१ करोड मात्र थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण पनि लघुवित्तको खुद नाफा बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड १२ लाख ७९ हजार बढेर ३ करोड ३५ लाख २६ हजार पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १ करोड ५५ लाख ३ हजार रुपैयाँ बढेर १ करोड ६३ लाख १३ हजार पुगेको छ।

पुस मसान्तसम्ममा ०.९५ प्रतिशत निष्क्रिय कर्जा रहेको लघुवित्तले खराब कर्जाबापतको व्यवस्थामा ६१ लाख ३ हजार रुपैयाँ छुट्याएको छ। लघुवित्तले सो अवधिसम्ममा ५४ लाख ३७ हजार खराब कर्जा उठाउन सफल भएको छ।

१० जिल्लामा २० शाखा कार्यालयसहित सेवा प्रदान गरिरहेको यस लघुवित्तको चुक्ता पूँजी दोस्रो त्रैमाससम्ममा ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ। त्यसैगरी लघुवित्तको जगेडा कोषमा २ करोड २१ लाख रुपैयाँ सञ्चित छ।

Read More
  • MBL - below news