किसान लघुवित्तले गर्यो अर्को मर्जर सम्झौता, मर्जर पश्चात एफपिओ ३ संस्था एक हुदै, पुँजी ५० करोड नाघ्ने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
किसान लघुवित्तले गर्यो अर्को मर्जर सम्झौता, मर्जर पश्चात एफपिओ ३ संस्था एक हुदै, पुँजी ५० करोड नाघ्ने

पहिलो मर्जर प्रयासमा असफल भएको किसान लघुवित्तले अर्को मर्जर सम्झौता गरेको छ । सुदुरपश्चिमको कैलालीमा केन्द्रिय कार्यालय रहेको एनआरएन लघुवित्तले कैलालीमै केन्द्रिय कार्यलय रहेको किसान लघुवित्त र काभ्रेको नमोबुद्ध नगरपालीकामा केन्द्रिय कार्यलय रहेको दिब्य लघुवित्तसँग मर्जर गर्ने सम्झौता गरेको हो ।

तिनवटा लघुवित्तहरुले बुधबार मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । आगामी फागुन मसान्त अथवा ढीलामा बैशाख भित्र मर्जर प्रक्रिया सक्ने प्रारम्भिक सम्झौता भएको बताइएको छ । सम्झौता अनुसार १ बराबर १ को स्वापमा मर्जमा जाने तर डिडिए रिपार्टको आधारमा यसमा केही परिवर्तन हुने सक्ने सम्झौता गरेका एक लघुवित्तका अधिकारीले जानकारी दिए ।

मर्जपछि बन्ने संस्थाको नाम एनआरएन लघुवित्त हुने र संस्थाको अध्यक्ष र सिइओ पनि एनआरएन बाट नै हुने बताइएको छ । एनआरएन लघुवित्तले यसअघि नै रामारोशन लघुवित्त र क्रियटिभ लघुवित्तलाई मर्ज गरीसकेको छ ।

...

Read More