काठमाण्डौ । आकर्षक लाभांश पारित गर्न नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
संस्थाको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा माघ २६ गते आइतबार झापाको बिर्तामोडस्थित होटल सिटी पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनीय प्रस्ताव गरिएको कुल २७.१३६ प्रतिशत लाभांश पारित हुनेछ ।
संस्थाले चुक्तापूँजी १६ करोड ७६ लाख ७९ हजार ५०० रुपैयाँको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक १.३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यो हिसाबले संस्थाले ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको बोनस सेयर र २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।








