पोखरा फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पोखरा फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । पोखरा फाइनान्सको शेयरधनीको बैंक खातामा नगद लाभांश जम्ममा भएको छ । पुस १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव २० प्रतिशत नगद लाभांश जम्माम भएको हो । 

पुस ३ गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैक खातामा जम्मा भएको छ र सो मिती पछि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा पनि नगद लाभांश बैंक खातामा नै जम्मा गरिदिने कम्पनीले उल्लेख गरेको छ । 

हालसम्ममा पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले यथाशिघ्र आफुले डिम्याट खाता खोलेको सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गर्नुपर्नेछ । शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  

Read More
  • MBL - below news