नेपाल बैंकको एजीएम आज, २५% लाभांश पारित हुँदै


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको एजीएम आज, २५% लाभांश पारित हुँदै

काठमाडौं : नेपाल बैंकको ६० औं वार्षिक साधारण सभा आज (पुस २५ गते) हुँदैछ । सभा नेपाल एफपीएफ क्लब, हलचोक, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा बैंकले २५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले १५% बोनस सेयर र १०% नगद लाभांश वितरण गर्न लागेको हो । नेपाल बैंकले १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

बैंकको अधिकृत पुँजी १० अर्बबाट बढाएर १५ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

 

Read More
  • EBL Ad news