एलआइसी नेपालको ‘जीवन बचत’ जीवन बिमा योजना


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एलआइसी नेपालको ‘जीवन बचत’ जीवन बिमा योजना

तम बिमा शुल्क १ लाख, बिमा अवधि ५ देखि १५ वर्षसम्म

एलआइसी नेपालले ‘जीवन बचत’ नामक एकल बिमा शुल्क जीवन बिमा योजना ल्याएको छ । ‘जीवन बिमासहितको खुसीको बचत, जीवन बचत’ सन्देशका साथ कम्पनीले ल्याएको नयाँ योजना मंगलबार बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सार्वजनिक गरेका हुन् । 

न्यूनतम बिमा रकम १ लाख रुपैयाँ कायम गरिएको योजनामा १६ देखि ६५ वर्षसम्म उमेरका व्यक्ति सहभागी हुन सक्ने बताइएको छ । योजनाको अधिकतम बिमाको सीमा भने  बिमा अन्डर राइटिङ नियमअनुसार जति पनि लिन सकिने बताइएको छ । योजनामा बिमा अवधि न्यूनतम ५ वर्ष र अधिकतम २५ वर्ष रहेको छ । योजनाअन्तर्गतको आर्जित बोनससहित बिमांक रकम बिमा अवधि समाप्त भएपछि एकमुष्ठ प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, योजनामा बिमा परिपक्वपछि बिमितको इच्छाअनुसार ५ देखि १० वर्षभित्र  रकम तोकिएको ब्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता समावेश गरिएको छ । 

Read More
  • MBL