सिटिजन बैंकको शाखारहित बैंकिङ सेवा रौतहट जिल्लाको सन्तपुर दोस्तियामा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन बैंकको शाखारहित बैंकिङ सेवा रौतहट जिल्लाको सन्तपुर दोस्तियामा

सिटिजन बैंकले रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका सन्तपुर दोस्तियामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।

गत शुक्रबार बैंकले १०३औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो।

फतुवा बिजयपुर नगरपालिकाकी उप–मेयर कान्तीदेवी महतोले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्धघाटन गरिन्।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी वृजकिशोरप्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ।

यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ।

 

Read More
  • EBL Ad news