बैंक र एनसीएचएलद्वारा संयुक्तरुपमा रु. १०० अभियान शुरु


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
बैंक र एनसीएचएलद्वारा संयुक्तरुपमा रु. १०० अभियान शुरु

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत प्रबद्र्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबद्र्धन अभियान शुरु गरेको छ । 

बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबद्र्धन अवधिभित्र सम्बन्धित बैंकले उनीहरुको खातामा रु १०० जम्मा गरिदिने जनाएको छ । सो रु १०० बराबरको इन्सेन्टिभ हाल लक्ष्मी बैंक, सिटिजन बैंक इन्टरनेशनल, नबिल बैंक र नेपाल बैंकका ग्राहकहरुका लागि उपलब्ध रहेका छन् । 

बैंकले आफ्ना शाखाहरुबाट युजर आइडी बनाउनर बैंक खाता लिंकगर्न ग्राहकहरुलाई सहयोग गर्नेछन् ।

Read More
  • EBL Ad news