काउन्टर ग्यारेन्टीको धरापमा नेपाली बैंक, इन्भेस्टमेन्टको २ अर्ब के होला ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
काउन्टर ग्यारेन्टीको धरापमा नेपाली बैंक, इन्भेस्टमेन्टको २ अर्ब के होला ?

राष्ट्र बैंक भन्छ – यही फैसला अन्तिम होइन

१८ पुस, काठमाडौं । विदेशी ठेकेदार कम्पनीको कार्यसम्पादन जमानत र बैंक ग्यारेन्टी जारी गर्नु नेपाली बैंकका लागि जोखिमपूर्ण बन्न थालेको छ । विदेशका बैंकहरुबाट ठेकेदार कम्पनीले ल्याएको काउन्टर ग्यारेन्टीका आधारमा जमानत बसिदिने गरेका बैंकहरु धमाधम समस्यामा पर्न थालेका छन् ।

पछिल्लोपटक काउन्टर ग्यारेन्टीले समस्यामा फसेको छ, नेपाल इन्भेस्टमेन्ट बैंक । इटालियन ठेकदार कम्पनीको बेइमानीले यस बैंकको २ अर्ब जोखिममा परेको छ । उक्त कम्पनीले इटालीकै अदालतमा दायर गरेको मुद्दा हारेपछि इन्भेष्टमेन्ट बैंकको पैसा डुब्ने खतरा बढेको हो ।

विदेशी बैंकको काउन्टर ग्यारेन्टीका आधारमा नेपाली बैंकले विदेशी ठेकदार कम्पनीहरुको लागि कार्यसम्पादन जमानत जारी गर्छन् । ठेकदार कम्पनीले बीचमै काम छोडेमा सो जमानत रकम जफत गर्ने अधिकार आयोजनालाई हुन्छ । त्यसैअनुसार तनहुँ हाइड्रोको इटालियन ठेकेदार कोअपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) का लागि इन्भेस्टमेन्टले जारी गरेको २ अर्बको जमानत आयोजनाले जफत गर्‍यो । तर, काउन्टर ग्यारेन्टी दिने बैंकले नेपाल इन्भेस्टमेन्टलाई यो जमानत भुक्तानी स्वीकार गरेन ।

यस विषयमा सीएमसीले ईटालीको ‘ट्रिबुनाल डी बोलोग्ना’ मा मुद्दा दायर गरेको थियो । तनहुँ हाइड्रसँग सम्झौता रद्द हुनुमा आफ्नो कमजोरी नभएको जिकिर गर्दै उसले नेपाली बैंकलाई रकम पठाउनु नपर्ने जिकिर गरेको थियो । र, अदालतले उसको माग बमोजिम फैसला गर्‍यो । यद्यपि, यो कुनै अन्तर्राष्ट्रिय अदालत नभएकाले यसैको निर्णय अन्तिम हुन्छ भन्ने चाहिँ होइन ।

...

Read More
  • MBL