कञ्चन डेभलपमेन्ट बैंकले किन गर्यो एकाएक लाभांश दर परिवर्तन ?



Nepali Paisa

काठमाडौं : कञ्चन डेभलपमेन्ट बैंकको १०औं वार्षिक साधारण सभा पुस २९ गते बस्ने भएको छ । सभा होटल ओपेरा प्रालि, महेन्द्रनगर, कञ्चनपुरमा बिहान ११ः३० बजे हुनेछ । सभामा बैंकले १६% लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको छ । बैंकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजन सहित ६% नगद लाभांश दिने निर्णय गरेको हो । यद्यपि, यसअघि भने १०% बोनस सेयर र ७% नगद लाभांश गरी कुल १७% लाभांश वितरण गर्ने बैंकले उल्लेख गरेको थियो ।

नेप्सेमा बैंकले प्रेसित गरेको सूचनामा १७% लाभांश उल्लेख गरिएको हो । तर त्यसपछि बीचमा लाभांश संशोधनका बारेमा कुनै पनि जानकारी नदिइ बैंकले साधारण सभाको सूचनामा नयाँ लाभांश दर प्रस्ताव गरिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश दर संशोधन भएको बैंकको दाबी छ । यद्दपि, सूचीकृत कम्पनीहरुका यस्ता गतिविधिले आम लगानीकर्ता भने मारमा पर्दै आएका छन् ।

Read More
  • Financial Notices