सारथी लघुवित्तले आइपीओ निष्कासन गर्ने



Nepali Paisa

काठमाडौं : सारथी लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । सभा होटल गण्डकी रीभरभ्यु शितलचोक दमौली, तनहुँमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । 

यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । सभामा अन्य आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सारथी लघुवित्तले सत्यवत्ती लघुवित्तलाई गाभेर पुस ४ गते बाट एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । 

Read More
  • Financial Notices