हिमालयन जनरल इन्सुरेन्सको लाभांश घोषणा



Nepali Paisa

काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सले १०.५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५% बोनस सेयर र ५.५% नगद लाभांश दिने निर्णय गरेको हो । 
 
नियामक निकाय र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । कम्पनीले ५ करोड १३ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ५ करोड ६४ लाख ९६ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ । 

Read More
  • Financial Notices