सानिमा इक्वीटी फण्ड घाटा कम गर्दै



Aarthik Abhiyan

पुस १३, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सानिमा इक्वीटी फण्डले घाटा कम गर्दै गएको छ । कात्तिक मसान्तसम्म रू. ४ करोड ४१ लाख ९९ हजार घाटामा रहेको यो फण्ड मंसिर मसान्तसम्म रू. २ करोड ४९ लाख ९४ हजार घाटामा रहेको हो । मंसिर मसान्तमा कम्पनीको प्राप्त भईसकेको आम्दानी रू. २ करोड २५ लाख २० हजार र प्राप्त हुन बाँकी आम्दानी रू. ३ करोड ४१ लाख ५८ हजार छ । 

कात्तिक महीनामा रू. १ करोड ८ लाख ७ हजार खर्च गरेको यस फण्डले मंसिर महीनामा रू. १ करोड ३३ लाख ५६ हजार खर्च गरेको छ । मंसिर महीनामा धितोपत्र तथा अन्य लगानी रकम बढेको छ । कात्तिकमा रू. ९७ करोड ६१ लाख २० हजार रहेको लगानी रकम मंसिर महिनामा रू. ९९ करोड ९४ लाख ७६ हजार पुगेको छ । 

Read More
  • Financial Notices