काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बोनस सेयरका लागि नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडको सेयरमूल्य आइतबार समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले १५ प्रतिशत बोनस सेयरका लागि नेपाल बैंकको सेयरमूल्य समायोजनगर्दै प्रतिकित्ता २७५.६५ रुपैयाँ कायम गरेको छ ।
त्यस्तै नेप्सेले ६ प्रतिशत बोनस सेयरका लागि कृषि विकास बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३९३ं.४० कायम गरेको छ ।
अब दुवै बैंकको सेयर कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछ ।
करिब दुई दशकपछि सेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको नेपाल बैंकले आफ्नो ६० औँ वार्षिक साधारणसभा यही पुस २५ गते गर्दैछ ।








