सिटिजन्स बैंकले ५ वर्षदेखि बाँकी लाभांश लिन बोलायो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकले ५ वर्षदेखि बाँकी लाभांश लिन बोलायो

काठमाडौं : सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई ५ वर्ष अघिको नगद लाभांश लैजान आव्हान गरेको छ । बैंकले केही सेयरधनीले आर्थिक वर्ष २०७१–७२ यताको लाभांश लिन बाँकी रहेकाले यथाशीघ्र लैजान बैंकले आग्रह गरेको छ । नगद लाभांश लिन बाँकी रहेकाहरुले माघ १० गतेभित्र सिटिजन्स बैंकको सेयर रजिष्ट्रार सीबीआइएल क्यापिटल,  बाटुलेघर काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । 
 
तर, यो १ महिना सम्ममा पनि नलैजाने लगानीकर्ताको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कानुनी प्रावधान छ । त्यसपछि लगानीकर्ताले प्रमाण सहित लगानीकर्ता संरक्षण कोषमा गएर लाभांश दाबी गर्नुपर्ने हुन्छ । यता, बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट वितरण गरेको १२% नगद लाभांश सेयरधनीको खातामा पठाइसकेको जनाएको छ ।

Read More
  • EBL Ad news