सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको प्रतिइकाई खुद मूल्य बढ्यो


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको प्रतिइकाई खुद मूल्य बढ्यो

पुस ११, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को प्रतिइकाई खुद मूल्य बढेको छ । सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को मंसिर मसान्तमा प्रति इकाई खुद मूल्य रू. ९ दशमलव ९९ रहेको छ । यो मूल्य कात्तिक मसान्तमा रू. ९ दशमलव ८५ रहेको थियो । 

उता, कात्तिक मसान्तमा रू. ९ दशमलव ६१ रहेको सिद्धार्थ इक्वीटी फण्डको प्रति इकाई खुद मूल्य मंसिर मसान्तमा रू. ९ दशमलव ९१ कायम भएको छ । मंसिर मसान्तसम्म यस योजनाको धितोपत्रमा लगानीको परल मूल्य रू. १ अर्ब २९ करोड ५६ लाख ८४ हजार रहेको छ ।

लगानीको प्रमुख क्षेत्र धितोपत्र बजार रहेको यी योजनाहरुको कात्तिक महीनाको तुलनामा मंसिर महीनामा धितोपत्रमा गरेको लगानीको मूल्य बढेको छ । सिद्धार्थ इक्वीटी फण्डको मंसिर मसान्तसम्ममा धितोपत्रमा गरेको लगानी मूल्य रू. १ अर्ब २६ करोड ५० लाख ५४ हजार पुगेको छ ।

Read More