५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकले बोलायो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकले बोलायो

५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना शेयरधनीहरुलाई बोलाएको छ ।

बैंकले विगतका विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई यथाशीघ्र लाभांश संकलन अनुरोध गरेको हो । 

लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले शेयर रजिष्ट्रार सि. आई बि एल एस क्यापिटल मार्फत एक महीनाभित्र लाभांश लिन सक्नेछन् । 

१ महीनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जानकारी दिएको छ । त्यसैले लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश लिन बाँकी रहेका शेयरधनीलाई संकलन गर्न भनेको हो ।

त्यसैगरी, लाभांश पुर्जी लिइसकेका शेयरधनीहरुलाई समेत उक्त पुर्जी आफ्नो बैंक खातामा जम्मा गर्न अनुराध गरेको छ। 

 

Read More
  • EBL Ad news