नेपाल बैंकको २५% लाभांश सुरक्षित गर्ने आजै अन्तिम दिन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको २५% लाभांश सुरक्षित गर्ने आजै अन्तिम दिन

काठमाडौं : नेपाल बैंकको २५% लाभांश सुरक्षित गर्ने आज बिहीबार (पुस १० गते) अन्तिम दिन हो । बैंकको पुस २५ गते बस्ने वार्षिक साधारण सभाका लागि आइतबार (पुस १३ गते) बुक क्लोज हुँदैछ । तसर्थ, बिहीबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले बैंकको प्रस्तावित लाभांश पाउनेछन् । ११ र १२ गते क्रमशः शुक्रबार र शनिबार परेकाले पुस १० गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्ने भएका हुन् ।
 
बैंक सञ्चालक समितिले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५% बोनस सेयर र १०% नगद लाभांश वितरण गर्न लागेको हो । नेपाल बैंकले १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

Read More
  • EBL Ad news