जनउत्थान लघुवित्तको आकर्षक लाभांश घोषणा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जनउत्थान लघुवित्तको आकर्षक लाभांश घोषणा

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JSLBB) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको पुस ९ गते सम्पन्न १४४ औं बैठकले शतप्रतिशत हकप्रद पश्चात कायम हुन आएको ६ करोड ३३ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजीबाट २५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। यसबाट कम्पनीले एक करोड ५८ लाख ४० हजारको बोनस र ८ लाख ३३ हजार ६८४ रुपैयाँ नगद लाभांश (बोनसको कर प्रयोजनका लागि ) वितरण गर्नेछ ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश गत आसार मसान्तको पूँजी (हकप्रद अघिको ३ करोड ४५ लाख ६० हजार) को आधारमा भने ४५.८३ प्रतिशत बोनस हुन आउँछ।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

Read More
  • MBL - below news