चैतारी लघुवित्तसँग गाभियो आरम्भ लघुवित्त, शेयरधनीका लागि गर्‍यो प्रस्तावित लाभांश पारित



Aarthik Abhiyan

पुस १०, काठमाडौं । बुधवार आरम्भ लघुवित्त वित्तिय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आवको संचित मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको ७ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. २ लाख ३३ हजार ५३ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभिनका लागि दुवै संस्थाको सम्पत्ति दायित्व र कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा स्वाप रेशियो १ बराबर १ पारित गरी मर्जरलाई स्वीकृति समेत प्रदान गरेको छ । दुई लघुवित्त गाभिएपश्चात् बन्ने कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड रहनेछ । मर्जरपछि कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकतर्फ ६३ दशमलव ६६ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव ३४ रहने छ ।

Read More
  • Financial Notices