डुम्रेमा गरिमा विकास बैंकको शाखा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
डुम्रेमा गरिमा विकास बैंकको शाखा

गरिमा विकास बैंकले सोमबार बन्दीपुर गाउँपालिका–१, डुम्रेमा स्थापित डुम्रे शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक सञ्जीव ढकालले त्यस क्षेत्रका ग्राहकहरुको बैंकिङ आवश्यकता पूरा गर्ने तथा उद्यमशीलताको विकासमा सहयोग गर्ने विश्वास रहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले सदैव ग्राहकहरुको चाहना र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाह गर्न विकास बैंक सदैव प्रतिबद्ध रहेको र ग्राहकहरुले विकास बैंकप्रति देखाउनुभएको विश्वासले थप ऊर्जा प्राप्त भएको बताए ।

Read More
  • MBL