कञ्चनको साधारण सभाको मिति तय, के के छन् एजेण्डा ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कञ्चनको साधारण सभाको मिति तय, के के छन् एजेण्डा ?

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड (KADBL) ले दशौँ वार्षिक साधारण सभाको मिति तय गरेको छ। पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको १७३ औँ बैठकले पुस २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो।


सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकमबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य उपुयक्त बैंक तथा वित्तीय संस्थाको खोजी गरी मर्जर अथाव एक्वीजिशनको कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

बैंकको सो सभा होटल ओपेरा प्रा.लि., महेन्द्रनगरमा बिहान साढे ११ बजे शुरु हुनेछ। शेयरधनी उपस्थिति हाजिर पुस्तिका बिहान ९ बजेदेखि सभा सम्पन्न नभएसम्म खुल्ला रहने बैंकले जनाएको छ।

साधारण सभा प्रयोजनको लागि बैंकले पुस १५ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। नेप्सेमा पुस १४ गतेसम्म कारोबार भई पुस २१ गतेसम्म बैंकको शेयर रजिष्ट्रारमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

हाल ५३ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित १० प्रतिशत बोनस पश्चात ५८ करोड ४४ लाख ३० हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा बैंकले ५ प्रतिशत बोनस शेयर र कर सहित ६.२९ प्रतिशत नगद गरि कूल ११.२९ प्रतिशत लाभांश वितरण गरेको थियो।

Read More
  • MBL