शिखर इन्स्योरेन्सको हकप्रदलाई ग्रेड ३ रेटिङ्ग


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
शिखर इन्स्योरेन्सको हकप्रदलाई ग्रेड ३ रेटिङ्ग


शिखर इन्स्योरेन्स (SICL) ले हकप्रद निष्काशनको लागि ग्रेड ३ रेटिङ्ग पाएको छ। इन्स्योेन्सले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले 'इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस)' रेटिङ्ग प्रदान गरेको हो। 

इक्रा नेपालको उक्त रेटिङ्गले हकप्रदमा लगानी गर्दा तुलनात्मक रुपमा सुरक्षित रहेको जनाउछ।

इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवे्दन दिइसकेको छ। कम्पनीले १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो।

बोर्डबाट अनुमति पाएपछि इन्स्योरेन्सको हकप्रद शेयर बिक्रीमा आउनेछ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई तोकेको न्यूनतम १ अर्ब चुक्ता पूँजी पु¥याएपनि कम्पनीको व्यवसाय विस्तारको जोखिम बहन गर्ने क्षमताको बढाउन हकप्रद बिक्री गर्न लागेको हो।

शिखर इन्स्योरेन्सले ठूला जोखिम तथा सम्पत्तीहरुको बीमा गर्दा कम्पनीको बहन क्षमता विकास गर्न नेटवर्थलाई थप वृद्धि गर्न आवश्यक भएकोले चुक्ता पूँजी वृद्धि गर्नुपर्ने भएका कारण हकप्रद निष्काशन गर्न लागेको जनाएको छ।

Read More
  • MBL