वेष्टर्न बैंकका सञ्चालक १२ लाख धरौटीमा छुटे,१८ करोड हिनामिना गर्ने अझै फरार


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
वेष्टर्न बैंकका सञ्चालक १२ लाख धरौटीमा छुटे,१८ करोड हिनामिना गर्ने अझै फरार

दाङ। तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये थप दुईजना बैँक सञ्चालक समितिका सदस्यहरु जनही १२ लाख धरौटीमा छुटेका छन्। उच्च अदालत तुलसीपुर दाङले वैँक सञ्चालक समिति सदस्य वेगमबहादुर भण्डारी, निर्मल देवकोटालाई धरौटीमा छोड्न आदेश दिएको सरकारी वकिल कार्यालय घोराहीले जानकारी दिएको छ ।

भण्डारी विहिवार अदालतमा हाजिर भएका हुन् भने देवकोटा केही दिन अगाडि मात्रै अदालतमा उपस्थित भएका थिए । अदालतमा वयान दिएर धरौटिमा छुटेका वैँक सञ्चालक समितिका सदस्यहरुले यो बारेमा आफुहरुलाई थाहा नभएको र बैँकका सिइओको मुख्य जिम्मेवारी हुने भन्दै इन्कारी वयान दिएका थिए । प्रहरीले बैंकको १८ करोड हिनामिना प्रकरणमा यसअघि नै दुई महिना लाामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

सरकारी वकिल कार्यालयले कात्तिक ३ गते उक्त मुद्दा उच्च अदालत तुलसीपुरमा दायर गरेको थियो। मुद्दा दायर गर्दा बैंक सञ्चालक समिति अध्यक्ष र सदस्य फरार सूचीमा थिए। त्यसपछि अदालतले उनीहरूको घरमा म्याद टाँसेको थियो। यसअघि बैंकको १८ करोड रुपैयाँ हिनामिना प्रकरणका दोषी मध्य दुईजना जनही १२ लाख धरौटीमा छुटेका थिए ।

Read More
  • MBL