नेपाल बैंकको साधारणसभाका लागि बुक क्लोज


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको साधारणसभाका लागि बुक क्लोज

काठमाडौं । नेपाल बैंकले पुस २५ गते ६० औं वार्षिक साधारण .सभा बोलाएको छ । सभा ए.पि.एफ क्लब, हलचोक, काठमाडौंमा विहान ११ बजे हुँदै छ ।  

सभाले १५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश पारित गर्नेछ । सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्दैछ । पुस १० गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

कात्तिक मसान्तसम्म बैंकहरुको कुल निक्षेप रकममा ५४. २ प्रतिशत हिस्सा मुद्दतीको छ। गत वर्षको कात्तिकमा यो हिस्सा ५२. ४० प्रतिशत थियो। मुद्दती खाताको सबैभन्दा बढी रकम एनआइसी एसिया बैंकमा छ। सो बैंकले मुद्दतीमा ८५ अर्ब रुपैयाँ संकलन गरेको छ। मुद्दती खाताको रकम सबैभन्दा कम हुनेमा स्टान्डर्ड चार्टड छ। सो बैंकको मुद्दती खातामा २० अर्ब रुपैयाँ मात्रै संकलित छ।

कात्तिक मसान्तसम्म बचत खातामा कुल ९ खर्ब ३१ अर्ब रुपैयाँ संकलन भएको छ। गत वर्षको कात्तिकसम्म बचत खातामा ८ खर्ब ३३ अर्ब रुपैयाँ थियो।

Read More
  • EBL Ad news