नेपाल बैंकको साधारणसभाको मिति तय, लामो समयपछि सेयरधनीहरुले लाभांश पाउने पक्का


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको साधारणसभाको मिति तय, लामो समयपछि सेयरधनीहरुले लाभांश पाउने पक्का

काठमाण्डौ । करिब दुई दशकपछि प्रस्ताव गरेको लाभांश पारित गर्न नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति गरेको छ ।

नेपाल बैंकले यही पुस २५ गते वार्षिक साधारणसभा गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले जानकारी गराएका हुन् । उनका अनुसार नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत भई आएकोले साधारणसभाको मिति टुंगो लगाइएको हो ।

बैंकले गत आर्थिक २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजीको कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । गत वर्ष बैंकले दुई अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेकोले अब साधारणसभाबाट अनुमोदन गर्दै नेपाल बैंकका शेयरधनीहरु पाउने छन्।

Read More
  • EBL Ad news