सिन्धु विकास बैंकद्वारा लाभांश प्रस्ताव, कति छ बोनस सेयर र नगद ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिन्धु विकास बैंकद्वारा लाभांश प्रस्ताव, कति छ बोनस सेयर र नगद ?

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

बैंकको आज मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफा र वितरणयोग्य अन्य कोषबाट हालसम्म कायम चुक्तापुँजीको कुल १२.०९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैठकले बैंकको चुक्तापुँजी ५० करोड २७ हजार ३१६.७५ रुपैयाँको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार ६८२.२५ रुपैयाँबराबरको बोनस सेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७ ८ हजार ६३४.११ रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

Read More
  • MBL