सिटिजन लाइफद्वारा बिमा रकम प्रदान


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिटिजन लाइफद्वारा बिमा रकम प्रदान

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जितपुर शाखाले बिमा दाबीबापत एक करोड ५० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले वाणगंगामा मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी सवारी दुर्घटनामा ज्यान गुमाएका बिमित स्व. सोमनाथ पौडेलकी पत्नी देवका खनाल पौडेललाई १ करोड ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं , सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद चौधरीले संयुक्त रूपमा बिमा दाबी रकमको चेक हस्तान्तरण गरेका हुन् । 

Read More
  • MBL