आरएमडीसी लघुवित्तको २५% लाभांश पाउन सेयरधनी बन्ने अन्तिम दिन कहिले ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आरएमडीसी लघुवित्तको २५% लाभांश पाउन सेयरधनी बन्ने अन्तिम दिन कहिले ?

काठमाडौं : आरएमडीसी लघुवित्त वित्तीय संस्थाले पुस २३ गते साधारण सभा बोलाएको छ । संस्थाले २१ औं साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । 

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको २५% लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने विशेष एजेन्डा रहेको छ । संस्थाले गत वर्षको नाफाबाट लगानीकर्तालाई १२.५% बोनस सेयर र १२.५% नै नगद गरी कुल २५% लाभांश वितरण गर्न लागेको हो । आरएमडीसीले सभा र लाभांशको लागि पुस ११ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले सभामा सहभागि हुन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् । 

Read More
  • MBL