आरम्भ माइक्रोफाइनान्सको मूल्य समायोजन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आरम्भ माइक्रोफाइनान्सको मूल्य समायोजन

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था (AMFI) को नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर २९ गते आइतबार बुकक्लोज गर्नेछ।

नेप्सेले लघुवित्तको ७.३८ प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता ४९२ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ।

लघुवित्तले मर्जर र लाभांश प्रस्ताव पारित गर्न पुस ९ गते पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा पञ्चकन्या बेन्क्वेट प्रा.लि., बनेपामा बिहान ११ बजे सुरु हुनेछ।

सभाले चौतारी र आरम्भ १ बराबर १ शेयर आदानप्रदान अनुपातमा मर्ज हुने, मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने, एकीकृत लघुवित्तको शेयर स्वामित्व संस्थापकको ६३.६६ र सर्वसाधारणको ३६.३४ प्रतिशत कायम गर्ने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बन्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

यसका साथै लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.३८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रहेको छ। बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड ४४ लाख पुग्नेछ।

Read More
  • MBL - below news