भक्तपुरको लोकन्थलीमा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार, खड्का र आचार्यद्वारा उद्घाटन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
भक्तपुरको लोकन्थलीमा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार, खड्का र आचार्यद्वारा उद्घाटन

कामना सेवा विकास बैंकले प्रदेश नं ३ अन्तर्गत भक्तपुर जिल्लाको लोकन्थलीमा नयाँ शाखा विस्तार गरेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ स्थित लोकन्थलीमा यही मंसिर २४ गते १०६औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो ।

मध्यपुर ठिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा स्पष्ट पारे ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ । सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

Read More
  • MBL