कञ्चन डेभलपमेन्ट बैंकले बढाएर घोषणा गर्यो लाभांश


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कञ्चन डेभलपमेन्ट बैंकले बढाएर घोषणा गर्यो लाभांश

 काठमाडौं : कञ्चन डेभलपमेन्ट बैंकले १७% लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजन सहित ७% नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
 
बैंकले ५ करोड ३१ लाख ३० हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ३ करोड ७१ लख ९१ हजार रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ । गत वर्ष कञ्चनले ५% बोनस सेयर र ६.२९% नग लाभांश दिएको थियो । यस आधारमा लाभांश अनुपात यसपटक निकै बढेको देखिन्छ ।

Read More
  • MBL