यस वर्ष बैंकले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले लामो समयपछि शेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । लाभांश नेपाल राष्ट्र बैंकबाट सूचीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ५८ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३६ प्रतिशतले कमी आएको हो । सो अवधिमा कम्पनीले रू. ९१ करोड ३८ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ८१ करोड छ । रिजर्भ कोषमा रू. १३ अर्ब २५ करोड छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. २३ दशमलव ७२ छ । मंगलवार कम्पनीको शेयरमूल्य रू. ३१२ कायम भएको छ ।








