वार्षिकोत्सवमा रिलायन्सको सामाजिक काम



Naya Patrika

रिलायन्स फाइनान्स लिमिटेडले  आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गरेको छ ।

विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्थालाई सहयोग गर्ने क्रममा फाइनान्सले इन्टरनेसनल एसोसिएसन अफ लाइन्स क्लबको सहकार्यमा सोलुखुम्बुका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ ।

त्यसैगरी, फाइनान्सले नेपाल स्वयंसेवी रक्तदाता समाजलाई कम्प्युटर सहयोग गरेको छ भने साँखुस्थित द्वन्द्वपीडित तथा अपांग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्त मनस्थिति भएका बालबालिकालाई खाद्यान्न सामग्री तथा समाजलाई आवश्यक पर्ने भौतिक सामग्री सहयोग गरेको छ ।

...

Read More
  • Financial Notices