सोमबार नेप्से ०.८६ अंकले घटेर १,१११.९९ को विन्दुमा


Financial Notices 2076-8-16


Financial Notices

सोमबार शेयर बजार ०. ८६ अंकले घटेर १,१११.९९ को विन्दुमा कायम भएको छ । बैंकिङ, ट्रेडिङ र हाइड्रोपावर कम्पनीको बाहेक सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै ६४ अंकले जीवन बीमा समुह घटेको छ । दिनभरिमा १ सय ६४ कम्पनीको ८ लाख २६ हजार ३ सय ६८ कित्ता शेयर किनबेच हुँदा २३ करोड २२ लाख ५९ हजार ३ सय ३१ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनएमबि बैंकको सबैभन्दा धेरै १ करोड ९३ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ३५ लाख रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्तको १ करोड ११ लाख रुपैयाँ र एनआइसी एशियाको १ करोडमाथिको कारोबार भएको छ । त्यस्तै  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ८८ लाख रुपैयाँ, सेञ्चिुरी कमर्सियल बैंकको ८१ लाख रुपैयाँ र ग्लोबल आइएमई लघुवित्त र नेपाल बैंकको ७० लाखमाथिको कारोबार भएको छ ।नेशनल माइक्रोफाइनान्सका लागनाीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९६ % का दरले कमाएका छन् भने अरुण कावेली पावरका लागनीकर्ताले ६ % दरले गुमाएका छन् ।

Read More
  • Financial Notices