के नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीमाथि जातीय विभेद भएकै हो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीमाथि जातीय विभेद भएकै हो ?

बैंक वित्तीय सँस्थामा एकै पदमा कार्यरत कर्मचारीहरुमा फरक फरक तलब सुविधा हुने गरेको बिषयले चर्चा पाउन थालेको छ। त्यसमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकभित्र यस्तो अवस्था धेरै हुने गरेको पाइएको छ।

सामान्यतया पब्लिक लिमिटेड कम्पनीहरुमा उही तहमा कार्यरत कर्मचारीहरुको तलब सुविधा समान हुने मान्यता छ। तर नेपाल इन्भेष्टमेन्ट लगायतका बैंकमा भने उही तहमा कार्यरत कर्मचारीहरुले पाउने तलब सुविधा फरक फरक भएको भेटिएको छ।

बैंकमा ७ वर्ष देखी एसिस्टेन्ट पदमा कार्यरत कर्मचारीको तलब २२ हजार भएको भेटिएको छ तर सोही बैंकमा सोही पदमा कर्यरत अर्को कर्मचारीको तलब ४० हजार भन्दा माथि सम्म रहेको छ। बैंकमा राणा पाण्डे लगायतका थर हुनेहरुको तलब बढी हुने र अन्य थ्र भएका कर्मचारीको तलब कम हुने गरेको भेटिएको छ।

व्यवसायी पृथ्बी बहादुर पाण्डेको ठुलो हिस्सा रहेको बैंकमा पाण्डे नै अध्यक्ष छन। बैंकमा कर्मचारी नियुत्ती देखी लिएर अन्य सम्पुर्ण काममा पाँण्डेको पुर्ण हस्तक्षेप हुने गरेकाले पनि उही पदमा कार्यरत अन्य थर भएका कर्मचारी भन्दा पाण्डे थर भएका कर्मचारीको तलब सुविधा धेरै हुने गरेको आशंका गरिएको छ। पाण्डेले आफ्ना आफन्त र नातागोतालाई बैंकको उच्च पदमा नियुत्ती दिएको, ब्यवस्थापनमा प्रत्यक्ष हस्तक्षेप गर्ने गरेको समाचार यसअघि पनि प्रकाशित भएका थिए ।  

उही तहमा कार्यरत कर्मचारीको तलब सुविधा फरक हुँदा बाहिरबाट हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकमा विभेद भएको हो कि भन्ने आशंका उब्जिएको छ। तर त्यहाँको उच्च व्यवस्थापनमा कार्यरत एक कर्मचारीले यथार्थमा भने त्यस्तो नभएको बिजपाटीलाई बताएका छन।

Read More
  • MBL - below news