चौतारी र आरम्भ लघुवित्त अब एउटै हुने, चौतारीका सेयरधनीलाई लाभांश



Nepali Paisa

काठमाडौं : चौतारी लघुवित्त वित्तीय संस्थाले पुस ९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने प्रस्ताव सभामा पेश गर्दैछ । सभा दियालो फुडल्याण्ड, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले दुई लघुवित्तको स्वाप रेसियो १ः१ हुने प्रस्ताव पनि पारित गर्दैछ । मर्जरपछि कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था रहनेछ । मर्जपछि संस्थापकको ६३.६६% र सर्वसाधारणको ३६.३४% सेयर स्वामित्व हुने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने प्रस्ताव पनि छ । दुई कम्पनी एक भएपछि कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । 

Read More
  • Financial Notices